कोभिड संक्रमितको भोलिदेखि निःशुल्क उपचार

कोभिड संक्रमितको भोलिदेखि निःशुल्क उपचार

काठमाडौं । बुधबारदेखि सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिड–१९ संक्रमितको निःशुल्क उपचार हुने भएको छ।

सरकारले कोभिड संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेका निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएसँगै भोलिदेखि सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिड संक्रमितको निः शुल्क उपचार हुने भएको हो।

यसअघि, सम्झौता गरिएका मेडिकल कलेजहरुलाई आजसम्म भर्ना भएकाको आजकै मितिले १० दिनसम्मको सोधभर्ना रकम उपलब्ध गराइने र भोलिदेखि भर्ना भएका कोभिड संक्रमितको उपचार गरेबापतको सोधभर्ना रकम उपलब्ध नगराइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति:     १५ असार २०७८, मंगलवार  |    Himali Khabar