‘कोरोनाविरुद्धको खोप लगाएका मानिसमा डेल्टा भेरिएन्टको संक्रमण अझै तीव्र’

‘कोरोनाविरुद्धको खोप लगाएका मानिसमा डेल्टा भेरिएन्टको संक्रमण अझै तीव्र’

काठमाडौं । कोरोनाभाइरसको संक्रामक प्रजाति डेल्टा भेरिएन्टको संक्रमण अहिलेसम्म विश्वका ८५ वटा देशहरूमा भेटिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । कोरोनाभाइरस विरुद्धको खोप लगाएका मानिसहरुमा डेल्टा भेरिएन्टको संक्रमण अझै तिव्र गतिमा फैलिएकोसमेत डब्लूएचओले जानकारी दिएको हो ।

शुक्रबार आयोजित प्रेस ब्रिफिङमा डब्लूएचओका महानिर्देशक ले टेड्रोस एधनॉम गेब्रियेससले भने( कोरोनाभाइरसको संक्रामक डेल्टा भेरिएन्ट विश्मा तिब्र गतिले फैलिरहेको छ । यो भेरिएन्टले विश्वनै चिन्तित बनेको छ ।

डब्लूएचओको कोभिड इपिडिमियोलोजिस्ट डा‍। मारिया वैन करखोवका अनुसार, ‘डेल्टा कोरोनाको एकदम खतरनाक स्वरुप हो । यो अल्फा भेरिएन्ट भन्दा पनि खतरनाक छ जुन युरोपसहित विश्वका विभिन्न मुलुकमा फैलिरहेको छ ।’

डेल्टा भेरिएन्ट भएका मानिसहरूमा कान कम सुन्ने, कमजोर हुने, पेट दुख्ने, रगत जम्ने, म्याग्रेन जस्ता लक्षणहरु देखा पर्ने डाक्टरले बताएका छन् । कोरोना संक्रमित भएका मानिसहरूमा भने यो संक्रमण नदेखिएको पाइएको छ ।

प्रकाशित मिति:     १३ असार २०७८, आईतवार  |    Himali Khabar