कोरोनाले रोकिएका सबै परीक्षा यसै बर्ष

कोरोनाले रोकिएका सबै परीक्षा यसै बर्ष

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने बताए । भरसक भौतिक उपस्थितिमा परीक्षा गर्ने र त्यो सम्भव नभए पनि अनलाइनबाट परीक्षा गरेर क्यालेन्डलरलाई पहिलेकै अवस्थामा पु¥याउँने बताइएको छ ।

त्रिविको गत वर्ष भदौमा हुनेपर्ने स्नातक तह पहिलो वर्षको परीक्षा कोभिड–१९ का कारणले हुन सकेको छैन । कार्यालयले स्नातक दोस्रो वर्षको परीक्षा आगामी साउन ४ गते र पहिलो वर्षको परीक्षा साउनको १० गतेदेखि शुरु गर्न थालेको छ । त्यसपछि स्नातक तह कानुनको प्रथम वर्षको परीक्षा र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा गर्ने तयारी छ ।

प्रकाशित मिति:     १२ असार २०७८, शनिबार  |    Himali Khabar