अस्पतालहरुलाई अत्यावश्यक उपकरण जडान गर्न साढे ५ अर्ब स्रोत सुनिश्चित

अस्पतालहरुलाई अत्यावश्यक उपकरण जडान गर्न साढे ५ अर्ब स्रोत सुनिश्चित

काठमाडौं । अर्थ मन्त्रालयले संघ, प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालहरुमा अत्यावश्यक उपकरण जडान गर्न साढे ५ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरेको छ । शुक्रबार थप १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयु जडान गर्न अर्थले १७ करोड ८७ लाख रुपैयाँको सहमती दिएको छ ।

यससँगै यो साता मात्र कुल ५ अर्ब ५१ करोड रुपैयाँ भन्दा बढी रकम अस्पतालहरुका लागि सहमति दिइएको हो । स्वास्थ्य मन्त्रालयको सिफारिसमा अर्थले जिल्ला तथा प्रादेशिक अस्पतालहरुलाई रकम दिइरहेको छ ।

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले विभिन्न समयमा स्रोत सुनिश्चित गर्दै आएको बताएको छ ।

प्रकाशित मिति:     ८ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar