कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । कक्षा १२ को परीक्षा स्थगित भएको छ। मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले निअर्को सूचना जारी नभएसम्मका लागि कक्षा १२ को परीक्षा स्थगित गर्न निर्देशन दिएका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

शर्मा र शिक्षा सचिव दीपक काफ्ले मंगलबार प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। सोही भेटमा परीक्षा केही दिन सार्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन्।

प्रकाशित मिति:     ९ बैशाख २०८२, मंगलवार  |    Himali Khabar