धादिङको सहिद मेमोरियल अस्पतालले नयाँ व्यवस्थापनमा सेवा सुरु

धादिङको सहिद मेमोरियल अस्पतालले नयाँ व्यवस्थापनमा  सेवा सुरु

काठमाडौं ।धादिङको सदरमुकाम धादिङबेसीमा संचालित सहिद मेमोरियल अस्पतालले नयाँ व्यवस्थापनमा औपचारिक रुपमा सेवा संचालनमा लाएको छ । एक कार्यक्रमकाबीच शनिवारदेखि विशेषज्ञसहितको सेवा सुरु गरेको हो ।

शहीद मेमोरियल अस्पतालमा हाल फोर डि रंगिन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डाेप्लर, कलेजोको स्क्यान, १८–२२ हप्ताको गर्भवती महिलाहरुको रंगिन अनोमिलिल स्क्यान सेवा उपलब्ध गराउने छ । २४ घण्टा अत्याधुनिक मेसिनद्वारा ल्याव परिक्षण सेवा, १ घण्टामा पिसाव, सुगर, थाईराइड जाँचको रिपोर्ट आउने छ ।

छ सय एम एक्सरे मेसिनबाट डिजिटल एक्सरे सेवा प्रवाह गरिने अस्पतालले जनाएको छ । सोहि अस्पतालको उद्घाटन समारोहमा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिमप्रसाद ढुंगानाले सहिद मेमोरियल अस्पताल सञ्चालन भएसँगै धादिङ अस्पताललाई चुनौति थपिएको बताएका छन् ।

प्रकाशित मिति:     १० फाल्गुन २०८१, शनिबार  |    Himali Khabar