तीन दिनमा साढे ११ लाखले भरे ज्योती लाइफको आइपीओ

तीन दिनमा साढे ११ लाखले भरे ज्योती लाइफको आइपीओ

काठमाडौं, २४ फागुन । ज्योति लाइफ इन्स्योरेन्सले जारी गरेको प्राथमिक निष्कासन (आइपीओ) मा तीन दिनमा साढे ११ लाखभन्दा बढीले आवेदन दिएका छन् ।
गत शुक्रबारबाट खुला भएको आइपीओमा आइतबार बेलुका ५ बजेसम्ममा ११ लाख ५९ हजार ७ सय ३ जनाबाट दुई करोड ५३ लाख ४६ हजार चार सय १० कित्ता सेयरका लागि आवेदन परेको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।

ज्योति लाइफको कुल जारी पुँजी २ अर्ब २० करोड रुपैयाँ छ। यसको ३० प्रतिशत अर्थात् ६६ करोढ रुपैयाँबराबरको कुल ६६ लाख कित्ता साधारण सेयर जारी भएको हो । सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुका लागि जारी सेयरको ५–५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ताका दरले छुट्याइएको छ । १०० रुपैयाँ अंकित दरका बाँकी ५९ लाख ४० हजार कित्ता सेयरमा अन्य सर्वसाधारणका लागि आवेदन खुलाइएको हो । बुधबारसम्म लगानीकर्ताले आवेदन दिन सक्ने छन् ।

प्रकाशित मिति:     २४ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar