एभरेष्ट इन्स्योरेन्सको लाभांश प्रस्ताव, बोनस कति ?

एभरेष्ट इन्स्योरेन्सको लाभांश प्रस्ताव, बोनस कति ?

काठमाडौं, २१ फागुन । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।

बैठकले गता आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस गरी कुल ८स४२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा हाल कायम चुक्तापूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँको ८ प्रतिशतले हुन आउने ८ करोड ७६ लाख ७४ हजार ४ सय रुपैयाँ बराबरको बोनस सेयर र ०.४२ प्रतिशतको ४६ लाख १४ हजार ४४२ रुपैयाँ बराबरको नगद लाभांस (कर प्रयोजनका लागि) रहेको छ ।

प्रकाशित मिति:     २१ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar