इमर्जिङ नेपालको आईपीओ खुल्यो, १ हजार कित्तासम्म आवेदन दिन पाइने

इमर्जिङ नेपालको आईपीओ खुल्यो, १ हजार कित्तासम्म आवेदन दिन पाइने

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले आज बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने दुई प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता साधारण शेयर कर्मचारीकम लागि सुरक्षित गरी बाँकी रहने पाँच लाख १६ हजार ७०८ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ ।

प्रकाशित मिति:     २६ माघ २०७८, बुधबार  |    Himali Khabar