पिपुल्स हाइड्रोले आईपीओ बिक्री गर्ने

पिपुल्स हाइड्रोले आईपीओ बिक्री गर्ने

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गर्न लागेको ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता प्राथमिक शेयर निष्काशनको शेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष बनेको छ।

उक्त हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभुतिकर्तासम्बन्धी सम्झौतामा शुक्रबार कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रबन्ध संचालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका हुन्। उक्त हाइड्रो पावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावट विद्युत् उत्पादन गर्नेछ।

प्रकाशित मिति:     १७ मंसिर २०७८, शुक्रबार  |    Himali Khabar