नेप्से ७.९ अंकले बढेर २७६५ अंकमा

नेप्से ७.९ अंकले बढेर २७६५ अंकमा

शेयर बजार परिसूचक नेप्से आज सकारात्मक बनेको छ । नेप्से ७.९ अंकले बढेर २ हजार ७ सय ६५. ४३ अंकमा पुगेको हो ।

विकास बैंक, वित्त, निर्माण तथा उत्पादन, लघुवित्त र जीवन विमा कम्पनी समुहवाहेक अन्य सबै समुहको उपसूचकमा सुधार आएपछि बजार सकारात्मक बनेको हो । कारोबार रकममा भने कमी आएको छ । आज ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार रुपैयाँ बराबरका ७५ लाख ६५ हजार ५ सय १० कित्ता शेयर खरिदविक्रि भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ । मानुषी लघुवित्त वित्तीय संस्था र चन्द्रागिरी हिल्सको मूल्य १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति:     ६ मंसिर २०७८, सोमबार  |    Himali Khabar