सेयरधनीको खातामा नगद पठाउँदा विवरण खुलाउन सेबोनको निर्देशन

सेयरधनीको खातामा नगद पठाउँदा विवरण खुलाउन सेबोनको निर्देशन

काठमाडौं। नेपाल धितोपत्र बोर्डले सेयरधनीलाई नगद लाभांश भुक्तानी गर्दा स्पष्ट विवरण खुल्ने गरी खातामा पठाउन निर्देशन दिएको छ।

बोर्डले सूचीकृत कम्पनी आफैंले वा सेयर रजिष्ट्रारमार्फत सेयरधनीको बैंक खातामा लाभांश जम्मा गराउँदा कुन कम्पनीको कति लाभांंश हो लगायतका पर्याप्त जानकारी नआएको गुनासो आएपछि स्पष्ट खुलाएर पठाउन निर्देशन दिएको हो।

योसँगै अब कम्पनीहरु आफै वा आफ्नो सेयर रजिष्ट्रार मार्फत सेयरधनीको बैंक खातामा नगद लाभांश भुक्तानी गर्दा स्पष्ट रुपमा कम्पनीको नाम, आर्थिक वर्ष, लाभांश दर आदि खुल्ने गरी पठाउनुपर्ने सेवोनको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति:     ९ कार्तिक २०७८, मंगलवार  |    Himali Khabar