नेप्से घटेपनि ५ कम्पनीका लगानीकर्ताले नाफा कमाए

नेप्से घटेपनि ५ कम्पनीका लगानीकर्ताले नाफा कमाए

काठमाडौं । नेप्सेमा गिरावट कायमै रहेको छ । सोमबार नेप्से ६.६८ अंकले घटेर २५७०.८१ विन्दुमा रोकिएको छ।

सेयर कारोबार पनि उल्लास देखिएन । २ सय २७ कम्पनीको ३ अर्ब ६२ करोड ७७ लाख रुपैयाँको मात्र कारोबार भएको छ।

नेप्से घटेपनि केही कम्पनीको सेयर मूल्यमा उल्लेख्य वृद्धि छ । सबैभन्दा धेरै आशा लघुवित्तको १० प्रतिशतले मूल्य बढेको छ । यस्तै मैलुङखोला जलविद्युत, सर्पोट माइक्रोफाइनान्स, मिथिला लघुवित्त र महिला लघुवित्तको शेयर मूल्य पनि ९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति:     १८ आश्विन २०७८, सोमबार  |    Himali Khabar