शेयर बजारमा ७९.७४ अंकको गिरावट

शेयर बजारमा ७९.७४ अंकको गिरावट

काठमाडौं, १६ फागुन । आइतबार शेयर बजार परिसूचक (नेप्से) ७९.७४ अंकले घटेर २४७४.३९ विन्दुमा झरेको छ।

बजार घटेको आइतबार ८ अर्ब ३५ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । २ सय ७ कम्पनीको १ करोड ६० लाख १७ हजार ३२२ कित्ता शेयर खरिद विक्री भएको छ ।

होटल तथा पर्यटन समूहको परिसूचक ०।५४ अंकले वृद्धि भएको छ भने बाँकी समूहहरुको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा लगानी समूह रहेको छ । यो समूहको परिसूचक ४।१३ प्रतिशतले घटेको छ ।

आज चन्दागिरि हिल्सका लगानीकार्ताहरुले सर्वाधिक कमाएका छन् । यो कम्पनीको शेयर मूल्य ९।८१ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति:     १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar