काठमाडौं । पछिल्ला दिनहरुमा डिम्याट खाता खोल्नेहरु निकै बढेको छ। सिडिएस एण्ड क्लियरिङका अनुसार यस्तो खाता खोल्नेको संख्या ४३ लाख ५ हजार ९ सय ३२ पुगेको छ ।
२०७७ साल चैतमा यस्तो खाता खोल्नेको संख्या ३२ लाख ७२ हजार मात्र थियो । ५ महिनाको अन्तरालमा करिव ११ लाख नयाँ डिम्याट खाता खुलेको छ । खाता खोल्नेको संख्या दोब्बर हुनुले सेयर बजारमा नयाँ लगानीकर्ताको संख्या बढेको पुष्टि गर्दछ। हिजो मात्र बाँडफाँट भएको तेह्रथुम पावर कम्पनीको आइपिओमा कुल २३ लाख ५५ हजार चार सय ४७ जनाले आवेदन दिएको थिए ।
डिम्याट खाता नभएकाले प्राथमिक सेयर भर्न पनि पाउँदैनन्। दोस्रो बजारमा किनबेच गर्न पनि पाउँदैनन्।
यस्तै मेरो सेयरका प्रयोगकर्ता ३४ लाख १ सय ९० रहेको सिडिएसले जनाएको छ ।