भिजन लुम्बिनीको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला

भिजन लुम्बिनीको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) आजदेखि बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको आईपीओ बाँडफाँट गरी बाँकी रहेको सेयरसमेत थप गरी सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको हो ।

योजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरी चार लाख ८७ हजार ९१० कित्ता आईपीओ बाँकी रहेको थियो । उक्त आईपीओ थप गरी सर्वसाधारणलाई कम्पनीले २० लाख ७५ हजार २८५ कित्ता आईपीओ प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा नै निष्कासन गरेको हो ।

कम्पनीले निष्कासन गरेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा तीन लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।

आईपीओमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिने छ ।कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित सेती नदीमा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित मिति:     १६ कार्तिक २०८०, बिहीबार  |    Himali Khabar