नयाँ वर्षको पहिलो दिन : नयाँ उचाईमा नेप्से

नयाँ वर्षको पहिलो दिन : नयाँ उचाईमा नेप्से

काठमाडौं । वर्ष २०७८ सालको पहिलो कारोबार दिन आज नेप्सेले नयाँ उचाई कायम गरेको छ । परिसूचक २०.६७ अंकले बढेर २७३५.४६ विन्दुमा पुगेको छ ।

आज कारोबार पनि बढेको छ । कारोबार २ सय १८ कम्पनीको ८ अर्ब ५७ करोड रुपैयाँको भएको छ। सबैभन्दा धेरै कारोबार एनआइसी एसिया लघुवित्तको रहेको छ । कम्पनीको ४९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस्तै यो दिन सबैभन्दा धेरै कमाउनेमा बेष्ट फाइनान्स कम्पनी र गुमाउनेमा भने मल्टिपर्पस फिनास कम्पनी छ ।

नयाँ वर्षको पहिलो काराबार दिनमै आएको बृद्धिले बजारप्रति लगानीकर्ताको मनोवल थप बढाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:     २ बैशाख २०७८, बिहीबार  |    Himali Khabar