आईपीओको अन्तिम तयारीमा सर्वोत्तम

आईपीओको अन्तिम तयारीमा सर्वोत्तम

काठमाडौं । सर्वोत्तम सिमेन्ट बुक बिल्डिङबाट प्राथमिक शेयर (आईपीओ) निष्कासनको अन्तिम तयारीमा जुटेको जनाएको छ। सर्वोत्तम केन्द्रीय कार्यालयका एक कर्मचारीका अनुसार कम्पनीले अर्को साता नै योग्य संस्थागत लगानीकर्ताहरूसँग छलफल गर्ने भएको छ । उनका अनुसार छलफलका लागि कम्पनीले संगठित संस्थाको प्रारम्भिक विवरणपत्र तयार गरिरहेको छ ।

यो तयारी लगभग सकिएकोले केही दिनमा नै योग्य संस्थागत लगानीकर्तासँग छलफल हुने कम्पनीको दाबी छ । कम्पनीले बुक बिल्डिङबाट प्राथमिक शेयर निष्कासन गर्ने हो भने यसका लागि छलफल गर्नु एक साता अघि नै राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्नु पर्ने हुन्छ । सो छलफलमा योग्य संस्थागत लगानीकर्ताबाट कम्पनीले आशय मूल्य प्राप्त गर्ने छ ।

सर्वोतमले कम्तीमा पाँच योग्य संस्थागत लगानीकर्ताबाट आशय मूल्य प्राप्त गर्नुपर्ने हुन्छ ।सो आशय मूल्यपछि मात्र कम्पनीको विवरणसहित धितोपत्र बोर्डमा शेयर निष्काशन गर्न अनुमति माग्नु पर्ने कानूनी नियम छ ।

प्रकाशित मिति:     २ बैशाख २०७८, बिहीबार  |    Himali Khabar