सिंगटीको आइपिओमा साढे १३ लाखको हात रित्तो हुने

सिंगटीको आइपिओमा साढे १३ लाखको हात रित्तो हुने

काठमाडौं, २६ चैत । सिंगटी हाइड्रोपावरको प्राथमिक सेयर (आइपिओ) भोलि बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक मेगा क्यापिटलका अनुसार कम्पनीको आइपिओ भोलि बाँडफाँड हुन लागेको हो।

कम्पनीले कर्मचारी तथा सामुहिक लगानी कोषका लागि छुट्याएपछि कुल २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खोलेको थियो।
२ लाख ६९ हजार ७ सय जनाले १० कित्ताका दरले सेयर पाउने छन्। १६ लाख २३ हजारले आवेदन दिएका थिए। साढे १३ लाखको हात रित्तो हुनेछ।

दोलखाको कालिन्चोक गाउँपालिकामा कम्पनीले सिंगटी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। समग्रमा आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीको दावी छ।

प्रकाशित मिति:     २६ चैत्र २०७७, बिहीबार  |    Himali Khabar