सिंगटी हाइड्रोको आईपीओ शुक्रवार बाँडफाँड गरिने

सिंगटी हाइड्रोको आईपीओ शुक्रवार बाँडफाँड गरिने

काठमाडौं,२४ चैत । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको आईपीआको शुक्रवार बाँडफाँड गर्ने तयारी गरेको छ । केहि प्राविधिक समस्या नआएमा बुधवार प्रि अलोटमेण्ट गरी शुक्रवार बाँडफाँड गर्ने तयारी गरेको विक्री प्रवन्धक मेगा क्यापिटलले जनाएको छ ।

कम्पनीले चैत ६ गतेदेखि १० गतेसम्म २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ५८ हजार कित्ता कर्मचारीको लागि र १ लाख ४५ हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि बाँडफाँट गरी बाँकी रहेको २६ लाख ९७ हजार कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।

कम्पनीले निष्कासन गरेको आईपीओमा १६ लाख २४ हजार ४८३ जना आवदेकबाट २ करोड ४५ लाख१६ हजार ६०० कित्ताको लागि आवेदन परेको छ । यो आवेदन मागभन्दा ९ .०९ गुणा बढी हो ।

प्रकाशित मिति:     २४ चैत्र २०७७, मंगलवार  |    Himali Khabar