तेस्रो दिनमै रु रुको आईपीओमा मागभन्दा ३५.९९ गुणा बढी आवेदन

तेस्रो दिनमै रु रुको आईपीओमा मागभन्दा ३५.९९ गुणा बढी आवेदन

काठमाडौं, २३ चैत । रु रु जलविद्युत परियोजनाको आईपीओमा आइतवारसम्म ९ लाख ३५ हजार ४८७ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङका अनुसार आइतवार साझ ५ बजेसम्म यी आवेदकहरुले १ करोड ३६ लाख ४५ हजार ६७० कित्ताका लागि आवेदन दिएका छन ।

तेस्रो दिनसम्म मागभन्दा ३५. ९९ गुणा बढी आवेदन परेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा आईपीओ जारी गरिसकेको यस कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको हो ।

यसअघि कम्पनीले फागुन ७ गतेदेखि २१ गतेसम्म आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका लागि ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ विक्री गरी चैत ९ गते बाँडफाँट गरेको छ ।

प्रकाशित मिति:     २३ चैत्र २०७७, सोमबार  |    Himali Khabar