आइतबार सात वटा कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि, हेरौ कुनको कति बढ्यो ?

आइतबार सात वटा कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि, हेरौ कुनको कति बढ्यो ?

काठमाडौं, २२ चैत । यो साताको पहिलो कारोबार दिन आइतवार सात वटा कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ । सबैभन्दा बढी वोमी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो ।

त्यसैगरी आइएमई जनरल इन्स्योरेन्सको ९.९७ प्रतिशत, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको ९.९५ प्रतिशत, सानिमा जनरल इन्स्योरेन्सको ९.९३ प्रतिशतले वृद्धि भएको छ । प्रडेन्सियल इन्स्योरेन्सको ९.९१ प्रतिशत, साञ्जेन जलविद्युत् कम्पनीको ९.८७ प्रतिशत र जनरल इन्स्योरेन्सको ९.८५ प्रतिशतले वृद्धि भएको छ ।

यी सात वटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।

प्रकाशित मिति:     २२ चैत्र २०७७, आईतवार  |    Himali Khabar