नागरिक लगानी कोषले १७.८९ प्रतिशत लाभांश दिने

नागरिक लगानी कोषले १७.८९ प्रतिशत लाभांश दिने

काठमाडौं, २२ चैत । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कोषको शनिबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ९ प्रतिशत बोनस शेयर र करसहित ८.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश अर्थ मन्त्रालय र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ । गत वर्ष कोषले २२ प्रतिशत बोनस शेयर र १.१६ प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रकाशित मिति:     २२ चैत्र २०७७, आईतवार  |    Himali Khabar