नेप्सेमा आज पनि उछाल

नेप्सेमा आज पनि उछाल

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेप्से ४७ दशमलब १५ अंकले वृद्धि भई २ हजार २ सय ११ दशमलब ७६ अंकमा बन्द भएको छ । सेयर लगानीकर्तामा बढ्दो उत्साहले बजार परिसूचकसँगै कारोबार रकम पनि बढ्दै गएको छ ।

बिहीबार ५ अर्ब माथिको कारोबार भएको बजारमा लगातार तेस्रो कारोबार दिन पनि ५ अर्ब माथिको कारोबार भएको छ । आज ५ अर्ब ३१ करोड ४३ लाख ८ हजारको कारोबार हुँदा रिडी पावर कम्पनीको सर्वाधिक २० करोड ६८ लाख १७ हजारको कारोबार भएको छ । त्यस्तै ङ्याली ग्रुप पावरको १६ करोड ९६ लाख ९९ हजार र एनआईसी एशिया बैंकको १६ करोड ७८ लाख ६७ हजारको कारोबार भएको छ । होटल तथा पर्यटन बाहेक सबै उपसूचकमा वृद्धि हुँँदा हाइड्रोपावर कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

प्रकाशित मिति:     २५ पुष २०७९, सोमबार  |    Himali Khabar