चन्द्रागिरी हिल्सको सेयर मूल्य दुई हजार नाघ्यो, बेच्ने की अझै होल्ड गर्ने ?

चन्द्रागिरी हिल्सको सेयर मूल्य दुई हजार नाघ्यो, बेच्ने की अझै होल्ड गर्ने ?

काठमाडौं, १२ चैत । चन्द्रागिरी हिल्सको सेयर मूल्य प्रतिकित्ता दुई हजार ७९ रूपैयाँ पुगेको छ। आज १० प्रतिशतको बृद्धि आएसँगै कम्पनीको सेयर मूल्य दुई हजार रूपैयाँमाथि उक्लिएको हो ।

हिजो कम्पनीको सेयर मूल्य १८ सय ९० रूपैयाँमा बन्द भएको थियो । तर आज एकैदिन एक सय ८९ रूपैयाँले बढेको हो। केही दिनयता चन्द्रागिरी हिल्सको सेयरमुल्यमा लगातार सकरात्मक सर्किट लागिरहेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम ९६.६९ रुपैयाँदेखि अधिकतम दुई सय ९०.०७ रुपैयाँको रेन्ज तोके पनि पहिलो कारोबार एक सय ६४ रुपैयाँमा भएको थियो । दिन दिनै सर्किट लागिरहेको कम्पनीको सेयरमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिने गरेको छ । किन्नेमो माग पनि उल्लेख्य बढेको छ । तर मूल्य बढ्दा पनि बिक्रीका लागि खासै रुची देखाएका छैनन् । मूल्य अझै बढ्ने अनुमान सहित लगानी होल्ड गर्ने मनस्थितीमा लगानीकर्ताहरु रहेको पाइन्छ ।

प्रकाशित मिति:     १२ चैत्र २०७७, बिहीबार  |    Himali Khabar