रुरु जलविद्युतले चैत २० गतेदेखि आईपीओ निष्कासन गर्ने

रुरु जलविद्युतले चैत २० गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं, ११ चैत । रुरु जलुविद्युत परियोजना लिमिटेडले चैत २० गतेदेखि प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १ सय अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर एक सय २० रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो ।

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने रुरु पहिलो जलविद्युत कम्पनी हो । कम्पनीले १२० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ निष्कासन गर्ने जानकारी दिएको छ । यसमध्ये आठ हजार एक सय ५४ कर्मचारी र २० हजार तीन सय ८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी तीन लाख ७९ हजार १ सय ६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ।

प्रकाशित मिति:     ११ चैत्र २०७७, बुधबार  |    Himali Khabar