ज्योतिको आइपिओ बाँडफाँड शुक्रबार, १२ लाखको हात रित्तै

ज्योतिको आइपिओ बाँडफाँड शुक्रबार, १२ लाखको हात रित्तै

काठमाडौं, ९ चैत । ज्योति लाइफको आइपिओ यही शुक्रबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार सो दिन बाँडफाँड गर्नेगरी तयारी भएको छ।

इन्स्योरेन्सको आइपिओ बाँडफाँडमा केही ढिलाई भएको छ। सामान्यतः आइपिओको बिक्री बन्द भएको एक सातामा बाँडफाँड हुँदै आएकोमा यसमा २ साताभन्दा बढी समय लाग्ने भएको छ।

आवेदकको संख्या पनि यसमा हालसम्मकै उच्च थियो। १८ लाखले आवेदन दिएका छन्। कुल ६६ लाख कित्ता सर्वसाधारण समूहको सेयर जारी भएकोमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ। यसर्थ ५ लाख ९४ हजार जनाले मात्रै १० कित्ताका दरले सेयर पाउने छन्। करिब १२ लाखको हात रित्तै हुने भएको छ।

प्रकाशित मिति:     ९ चैत्र २०७७, सोमबार  |    Himali Khabar