काठमाडौं, ८ चैत । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई स्पष्टिकरण पेश गरेको छ। बैंकले वण्ड जारी गर्नेबारे नेप्सेमा सूचीकृत हुनुभन्दा अघि देखिकै योजना रहेको जानकारी गराएको छ।
बैंकले ३० मिलियन डलरको बण्ड जारी गर्ने विषय बैंकको रणनीति भित्रकै एक हिस्सा रहेको र बैंकले वार्षिक प्रतिवेदनहरु र साधारण सेयरको निश्काशनको लागि तयार गरिएको विवरणपत्रमा समेत उल्लेख गरेको छ। बैंकले नैप्समा सूचीकृत हुनु अगावै वण्ड जारी गर्न सम्बन्धित नियमनकारी निकायबाट लिनुपर्ने केहि सहमति स्वीकृतिहरु लिइसकेको र थप सहमति लिदै चाँडै नै वण्ड जारी गर्ने जनाएको छ।
लाभांशको सम्बन्धमा पनि बैंकले शेयर जारी गर्ने समयमानै प्रकाशित गरेको विवरणपत्रमा चालु आर्थिक वर्षमा ८ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण रहेको बैंकले जनाएको छ ।