सिंगटी हाइड्रो इनर्जीको आइपिओ बिक्री खुला, कति कित्ता आवेदन दिने?

सिंगटी हाइड्रो इनर्जीको आइपिओ बिक्री खुला, कति कित्ता आवेदन दिने?

काठमाडौं, ६ चैत । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आजदेखि सर्बसाधारणलाई २६ लाख ९७ हजार कित्ता आइपिओ बिक्री खुला गरेको छ।

सर्वसाधारण लगानीकर्ताले चैत १० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्ने छ्न । कम्पनीले कुल २९ लाख कित्ता आइपिओ निष्कासन गरेको हो। त्यसमध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएका कारण सर्वसाधारणले २६ लाख ९७ हजार कित्ताको लागि मात्र आवेदन दिन पाउनेछन्।

कपनीले सेयर निष्कासनका लागि मेगा क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ। कम्पनीले यस अघि फागुन १७ गते आयोजना प्रभावित स्थानीयलाई १४ लाख ५० हजार कित्ता आइपिओ निस्कासन गरी बाँडफाँट पनि गरिसकेको छ ।

प्रकाशित मिति:     ६ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar