सिंगटी हाइड्रो इनर्जीको आईपीओ भोलीदेखि निष्कासन हुने

सिंगटी हाइड्रो इनर्जीको आईपीओ भोलीदेखि निष्कासन हुने

काठमाडौं, ५ चैत । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले भोलिदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २९ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । जसमध्ये ५८ हजार कित्ता कर्मचारीको लागि, १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।

आईपीओ निष्कासन बन्द मिति छिटोमा चैत १० र उक्त समयमा विक्री नभएमा चैत २० गतेसम्म लगानीकर्ताले आवेदन गर्न सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।

प्रकाशित मिति:     ५ चैत्र २०७७, बिहीबार  |    Himali Khabar