सेयर बजारमा देखियो चमक, के अब उकालो यात्रा तय गरेकै हो ?

सेयर बजारमा देखियो चमक, के अब उकालो यात्रा तय गरेकै हो ?

काठमाडौं, ४ चैत । सेयर बजारमा विस्तारै सुधार हुन थालेको छ । नेप्से सूचकमा आकर्षक चमक आउँदा आउँदा लगानीकर्ताले विस्तारै खरिद गर्ने प्रवृत्ति देखिएको छ ।

आज नेप्से सूचक ४०.४० अंकले बढेर २४३२.१४ अंकमा आइपुगेको छ । ३ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचकमा हरियाली छाएको छ । माइक्रोफाइनान्स, जीवन बिमा, होटेल तथा पर्यटन र अन्य समूहमा अझ बढी तेजी आएको छ ।

आधा दर्जन कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी तथा सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । कारोबार रकममा नेपाल इन्फ्रास्टक्चर बैंक अग्रस्थानमा रहेको छ । २० करोड ४ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।

प्रकाशित मिति:     ४ चैत्र २०७७, बुधबार  |    Himali Khabar