नीफ्राले लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियनको बोन्ड जारी गर्ने

नीफ्राले लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियनको बोन्ड जारी गर्ने

काठमाडौं, २ चैत । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (नीफ्रा) का लगनीकर्ताले प्रतिफलमा चिन्ता गर्नु नपर्ने प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले बताएका छन् । उनले नीफ्रा ठूला विकास पूर्वाधारमा लगानी गर्ने उदेश्यले स्थापित भएको भन्दै लगानीकर्ताले प्रतिफलको चिन्ता लिनु नपर्ने बताएका हुन ।

दीर्घकालीन प्रकृतिका पूर्वाधारमा लगानी गर्ने बैंक भएकाले एकै पटक धेरै होइन, दीर्घकालसम्म उचित प्रतिफल दिने उनले बताए ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ‘लन्डन स्टक एक्सचेन्ज’मा बोन्ड जारी गर्ने पनि उनले जानकारी दिए । चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको हो ।

उनले सो बोन्डका लगानीकर्ताले ८.५ प्रतिशत प्रतिफल पाउने पनि जानकारी दिए । लन्डनकै एक प्रसिद्ध संस्थाले ‘क्रेडिट र्यापिङ’ गरि बोन्ड जारी हुने पनि उनले जानकारी दिए । पाँच वर्षे अवधिको सो बोन्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पूर्वाधारमा लगानी गर्ने पनि उनले जानकारी दिए ।

उनले नीफ्रामा रणनीतिक साँझेदार भित्र्याउने विषयमा पनि छलफल गरिरहेको छ ।

प्रकाशित मिति:     २ चैत्र २०७७, सोमबार  |    Himali Khabar