काठमाडौं, १ चैत । आइतवार पनि नेप्से परिसूचक २.२४ प्रतिशतले घटेर २४०४.२५ अंकमा झरेको छ । कारोबारमा आएका १२ वटा समूहमध्ये होटल तथा टुरिजम र हाइड्रोपावरबाहेक अरु सबै समूहको परिसूचक मात्र बढेको छ, अरु सबै घटेको छ।
आइतबार २ सय ११ कम्पनीको करोड ९० लाख ३ हजार ७०४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९५ करोड २७ लाख २२ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यसमा अपर तामाकोशी जलविद्युत् आयोजना अग्रस्थानमा छ । कम्पनीको शेयर ४४ करोड ५६ लाखभन्दा बढीको कारोबार भएको छ । कारोबारको दोस्रो स्थानमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेको छ ।
धेरै पटक शेयर कारोबार हुने कम्पनीमा पनि निफ्रा नै रहेको छ । कम्पनीको शेयर एकै दिन ७ हजार ८२४ पटक किनबेच भएको छ । दोस्रो भने अपर तामाकोशी नै रहेको छ, जसको शेयर ३ हजार ९०२ पटक कारोबार भएको छ ।