ठमेल परिषदको निर्वाचनमा काङ्ग्रेस समर्थित व्यवसायी विभाजित

ठमेल परिषदको  निर्वाचनमा काङ्ग्रेस समर्थित व्यवसायी विभाजित

काठमाडौं । यहि असार ३२ म हुने ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा काङ्ग्रेस निकट व्यवसायीहरुको संगठन (निट) मा विभाजन देखिएको छ । सत्तारुढ गठबन्धनकाे साझा उम्मेदवारको रुपमा बर्तमान उपाध्यक्ष भविश्वर शर्माले केही दिन अघि उम्मेदवारी घोषणा गरिसकेका छ ।

यस्तै आज एमाले निकट व्यवसायीहरुको तर्फबाट बर्तमान महासचिव ध्रुव अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

शर्माको उम्मेदवारी घोषणा कार्यक्रममा निटका अध्यक्ष दिपक महत र महासचिव देबेन्द्र वाग्ले सहभागी थिए ।

तर आज अधिकारीको उम्मेदवारी घोषणा कार्यक्रममा निटका सह-अध्यक्ष डा रामशरण थपलिया र काठमाडौं महानगपालिका १६ का अध्यक्ष मुकुन्द रिजाल सहभागी भए ।

थपलियाले यसअघि मात्रै सम्पन्न भिटाेफकाे निर्वाचनमा पनि निटले समर्थन नै नगरेका उम्मेदवार अध्यक्षमा जस्फा पाण्डे र कोषाध्यक्षमा गौरी उप्रेतीलाई मतदान गर्न आव्हान गरेका थिए ।

यता २६ नम्बर वडा अध्यक्षको समर्थन भने शर्मालाई रहेको बुझिएको छ ।

प्रकाशित मिति:     २२ असार २०७९, बुधबार  |    Himali Khabar