चीनसँग नेपालको २ खर्ब बढि व्यापार घाटा

चीनसँग नेपालको २ खर्ब बढि व्यापार घाटा

काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ११ महिनामा नेपालको छिमेकी मुलुक चीनसँगको व्यापार घाटा २ खर्ब ९ अर्ब ५७ करोड ९५ लाख रुपैयाँ पुगेको छ। भन्सार विभागकाअनुसार जेठसम्मको अवधिमा चीनबाट नेपालमा २ खर्ब १० अर्ब ५१ करोड ९८ लाख रुपैयाँको वस्तु भित्रिएको छ।

यस्तै सोही अवधिमा नेपालबाट ९४ करोड २ लाख ६२ हजार रुपैयाँको मात्र वस्तु चीनमा निर्यात भएको छ।

प्रकाशित मिति:     १२ असार २०७८, शनिबार  |    Himali Khabar