सुनको मूल्यमा निरन्तर गिरावट, तोलाको ९० हजारमा झर्यो

सुनको मूल्यमा निरन्तर गिरावट, तोलाको ९० हजारमा झर्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन प्रतितोला ८०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको हो ।

त्यसो त गत बुधबारदेखि निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य ५ दिनको बीचमा अधिकतम तीन हजार एक सय रुपैयाँले गिरावट आइसकेको छ । महासंघका अनुसार गत बुधबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज ९० हजारमा झरेको छ ।

यस्तै, सुनको मूल्य निरन्तर घटिरहेका बेला यता चाँदीको मूल्य समेत घटिरहेको छ । महासंघका अनुसार गत बुधबार प्रतितोला अधिकतम एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार एक हजार २९० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति:     ६ असार २०७८, आईतवार  |    Himali Khabar