एक बर्षमा तेलको मूल्य प्रतिलिटर १२० रुपैयाँ महँगियाे

एक बर्षमा तेलको मूल्य प्रतिलिटर १२० रुपैयाँ महँगियाे

काठमाडौं । पछिल्लो समय नेपालमा खानेतेलको मूल्य अत्याधिक महँगिएको छ । एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपैयाँसम्म महँगिएको छ ।

यो अवधिमा सबैभन्दा बढी सूर्यमुखी तेल (सनफ्लो) र भटमासको तेल (सोयाबिन तेल) महँगिएको छ । कच्चा तेलका लागि विदेशकै भर पर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च दरले मूल्य वृद्धि भएकाले तेलको मूल्य बढेको बताइएको छ ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गत वर्ष वैशाखमा सोयाबिन तेलको प्रतिलिटर १६० रहेकामा अहिले २७० र सनफ्लो तेल १५५ रहेकोमा २७५ रुपैयाँ पुगेको छ ।

सनफ्लावर धारा हेल्थ प्रतिलिटर १९० बाट २७० र तोरीको तेल २५० बाट ३२० रुपैया पुगेको छ । घ्यू –तेल उत्पादक उद्योगीहरू तेलको मूल्य नेपालभन्दा विश्व बजारमा अझै बढी दरले बढेको दाबी गर्छन् । तेलको मूल्य बढ्नुको मुख्य कारण तेल उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थको उच्च वृद्धि नै भएको बताएको छ ।

प्रकाशित मिति:     ५ असार २०७८, शनिबार  |    Himali Khabar