निषेधाज्ञाले बजार बन्द भएको बेला सुनको मूल्यमा भने निरन्तर वृद्धि

निषेधाज्ञाले बजार बन्द भएको बेला सुनको मूल्यमा भने निरन्तर वृद्धि

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ। सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ तोकेको छ।

यस्तै मंगलबार चाँदीको मूल्य तोलामा एक हजार ३५५ रुपैयाँ कायम भएको बताइएको छ।

पछिल्लो समय निषेधाज्ञाले गर्दा सुनको कारोवार बन्द भएपनि नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा भएको घटबढ अनुसार सुनको मूल्य निर्धारण गर्दै आएको छ ।

प्रकाशित मिति:     २५ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar