एजेन्सी। ५० दिनको लकडाउनपछि नयाँदिल्लीमा सोमबार बजार खुलेको छ। सरकारी घोषणाअनुरुप ‘जोर–बिरोर’का आधारमा बजार खुलेको हो।
बजार खुले पनि त्यहाँ ग्राहक भने निकै कम रहेको छ । भारतमा कोरोनाका दोस्रो लहरले निकै त्रास फैलिएका कारण पनि बजार खुल्नासाथ मानिसहरुले खरिद गर्न नचाहेको हुन सक्ने व्यवसायीहरु बताउँछन्। व्यवसायीहरुको संगठन अनुसार यो अवधीमा दिल्लीमा करिब ४० हजार करोड रुपैयाँ नोक्सान भएको छ।
पछिल्ला दिनहरुका भारतमा कोरोना संक्रमणको दर केही घटेको छ ।