सार्वजनिक निकायमा स्वदेशी वस्तुको खरिद अनिवार्य गराउने सरकारको तयारी

सार्वजनिक निकायमा स्वदेशी वस्तुको खरिद अनिवार्य गराउने सरकारको तयारी

काठमाडौं । सरकारले आउँदो साताबाटै सार्वजनिक निकायमा स्वदेशी वस्तुको खरिद अनिवार्य गर्ने भएको छ । ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग’ सम्बन्धी निर्देशिकालाई कार्यान्वयनमा ल्याउन यसै हप्ता राजपत्रमा सूचना प्रकाशित गराउने तयारी उद्योग मन्त्रालयले गरेको हो । मंसिर २८ गतेको मन्त्रिपरिषद बैठकले स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका पास गरेको थियो ।

स्वदेशमा उत्पादित वस्तु १५ प्रतिशत महंगो भए पनि खरिद गर्नुपर्ने छ । सरकारले सबै निकायमा सार्वजनिक वस्तुको खरिद अनिवार्य गर्न परिपत्रसमेत गर्दै छ । सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगले काष्ठ र कपडा उद्याग चलायमान हुने व्यवसायीहरुका छाता संगठनहरुले बताएका छन ।

प्रकाशित मिति:     १० पुष २०८१, बुधबार  |    Himali Khabar