अमेरिकी डलरको भाउ एकै दिन १ रुपैयाँ ७९ पैसा बढ्यो

अमेरिकी डलरको भाउ एकै दिन १ रुपैयाँ ७९ पैसा बढ्यो

काठमाडौं, २६ चैत । अमेरिकी डलरको भाउ फेरि बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार एकैदिन डलरको भाउ १ रुपैयाँ ७९ पैसा बढेको छ ।

बिहीबार एक डलरको खरिददर एक सय १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर एक सय १९ रुपैयाँ ५९ पैसा तोकिएको छ । भारु र नेपाली रुपैयाँबीच स्थिर बिनिमय दर छ । यही कारण भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुन्छ । कमजोर हुँदाको असर पनि नेपाली रुपैयाँमा पर्छ ।

प्रकाशित मिति:     २६ चैत्र २०७७, बिहीबार  |    Himali Khabar