काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेड आइतबारबाट प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको छ। कास्कीका आयोजना प्रभावित स्थानीय वासिन्दाहरूका लागि आईपीओ खुलेको हो।
कास्कीको मादी गाउँपालिका वडा नम्बर १, २, ३,४, ६ र ७ का बासिन्दाहरूले आईपीओमा आवेदन दिनमिल्ने कम्पनीले जानकारी दिएको छ।
कम्पनीले ९ लाख कित्ता सेयर स्थानीय बासिन्दाका लागि छु्ट्याएको हो। कम्पनीको जारी पुँजी एक अर्ब नौ करोड ५० लाख रुपैयाँ छ। यसको ८.२२ प्रतिशत अर्थात ९ करोड रुपैयाँ सेयर स्थानीय बासिन्दाका लागि छुट्याएको हो।