नेप्से ९०.६७ अंकले बढ्दै २५०० माथि उक्लियो

नेप्से ९०.६७ अंकले बढ्दै २५०० माथि उक्लियो

काठमाडौं, २० फागुन । यो साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक (नेप्से) ९०.६७ अंकले बढेको छ । बुधबार ३९.२३ अंकले घटेर २४१६ विन्दुमा झरेको नेप्से परिसूचक बिहीबार २५०६.६८ विन्दुमा उक्लिएको छ।

आजको बृद्धिले दिनयता निराश बनेका लगानीकर्तालाई उत्साह थपिदिएको छ ।

बिहीबार कारोबारमा आएको १३ वटा समूह मध्ये सबै समूहको उपसूचक बढेपछि सग्रमा नेप्से उकालो लागेको हो । बजार बढेको यो दिन कारोबार भने २ सय ६ कम्पनीको ६ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यसमा सबैभन्दा धेरै शेयर कारोबार नेपाल इन्फ्रास्टक्चर बैंकको भएको छ । बैंकको ५३ करोड २३ लाख रुपैयाँको शेयर कारोबारभएको छ।

प्रकाशित मिति:     २० फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar