शेयर बजारमा ८० अंकको गिरावट

शेयर बजारमा ८० अंकको गिरावट

काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा ८० अंकको गिरावट आएको छ । मंगलबार परिसूचक ७९।७९ अंकले घट्दा कारोबार रकममा भने सोमबार भन्दा सुधार देखिएको छ ।

आज मंगलबार २२५ कम्पनीको ६ अर्ब ५२ करोड रुपैयाँ भन्दा बढीको सेयर दोसा्रे बजारमा खरिद बिक्री भएको छ । सोमबार ४ अर्ब ४२ करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो ।

घट्दो बजारमा १७९ कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ७ कम्पनीको मूल्य बढ्यो भने एक् कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन । मंगलबार कारोबारमा आएका सबै १३ उपसमूह राताम्मे भएका छन् ।

प्रकाशित मिति:     २३ कार्तिक २०७८, मंगलवार  |    Himali Khabar