गभर्नर महाप्रसाद अधिकारीको सेयरमा करोडौं लगानी

गभर्नर महाप्रसाद अधिकारीको सेयरमा करोडौं लगानी

काठमाडौं, १९ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग २ लाख ३६ हजार २ सय १३ कित्ता सेयर रहेको छ। नेपाल राष्ट्र बैंकमै ३० वर्षे सेवा गरेर अवकास पाएका अधिकारीसँग बैंक, बीमा कम्पनी, नागरिक लगानी कोष तथा वित्तीय संस्थाको मात्रै २७ हजार १ सय ८४ कित्ता सेयर रहेको छ।

उनीसँग नबिल बैक, हिमालयन बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डू, सनराइज बैंक, एभरेष्ट बैंक, मेगा बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, एनआइसी एशिया बैंक, मेरो माईक्रो फाइनान्स, नागरिक लगानी कोष, प्रिमियर इन्स्योरेन्स कम्पनीलगायतका बैंक तथा वित्तीय संस्थाहरुको सेयर रहेको छ।

विभिन्न कम्पनीहरुमा प्राथमिक लगानीमात्रै १ करोड ७ लाख रुपैयाँभन्दा माथिको उनले गभर्नर भएपछि सार्वजनीक गरेको सम्पति विवरणमा उल्लेख छ । उनले प्राथमिक बजार, हकप्रद, दोस्रो बजारबाट खरिद गर्दाको लगानी हो। दोस्रो बजारको मूल्यअनुसार उक्त शेयर बिक्री गर्दा उनले करोडौं रुपैयाँ आर्जन गर्न सक्छन्। उक्त कम्पनीहरुको सेयर प्राथमिक दोस्रो बजार बोनस सेयर र हकप्रद सेयर मार्फत खरिद गरेका हुन्।

प्रकाशित मिति:     १९ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar