सेयर बजारमा ७७ अंकको गिरावट, कारोबार पनि सुस्त

सेयर बजारमा ७७ अंकको गिरावट, कारोबार पनि सुस्त

काठमाडौं । यो साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक ७७.३३ अंकले घटेको छ । परिसूचक २५१० विन्दुमा ओर्लिएको छ।

बैंकहरुमा लगानीयोग्य रकमको अभाव चर्किएपछि बैंकहरुले ब्याजदर बढाएपछि त्यसको असर बजारमा परेको अनुमान छ ।

२२१ कम्पनीको ३ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको छ । नविल बैंकको ११ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ। मंगलबार सबैभन्दा धेरै कमाउनेमा माहुलि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् ।

प्रकाशित मिति:     २ कार्तिक २०७८, मंगलवार  |    Himali Khabar