बुद्धभूमिको आइपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा

बुद्धभूमिको आइपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । गोलाप्रथामार्फत ७४ हजार ४०० जना सर्वसाधारणलाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ । कुल २० लाख ३० हजार ९९५ जनाले आवेदन दिएकामा १६ हजार ३३ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २० लाख १४ हजार ९२२ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो ।

कम्पनीले कुल ८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । आइपीओको नतिजा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको वेबसाइट र निष्कासनकर्ता कम्पनी बुद्धभूमि नेपालको वेबसाइटबाट हेर्न सकिनेछ । यस्तै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट  https://iporesult.cdsc.com.np/  बाट पनि हेर्न सकिनेछ । आइपीओ नतिजाका लागि भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

प्रकाशित मिति:     २२ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar