बचतको बानी बसाल्न नविल बैंकको भिडियो

बचतको बानी बसाल्न  नविल बैंकको भिडियो

काठमाडौं, १७ फागुन । नविल बैंकले ग्राहकहरुको आवश्यकता सुहाउँदो डिपोजिट खाताबारे सर्वसाधारणलाई जानकारी प्रदान गर्नका लागि एउटा भिडियो ल्याएको छ । भिडियोमा एउटा व्यक्तिको कहानी निकै रोचक ढंगले देखाइएको छ । जसको बच्चैदेखि हरेक कुरा बचाउने बानी थियो र नबिल बैंकको साथ पाएर उक्त व्यक्तिलाई सानैदेखि नबिल बैंकमा पैसा बचत गर्ने बानी लाग्यो ।

नबिलको बाल बचत खाताबाट सुरु भएको यो क्रम जिन्दगीको उतार–चढाव हुँदै अहिलेको दिनसम्म आईपुग्दा नबिल बैंकको विभिन्न खातामा पुगिसकेको छ । एउटा भरपर्दो बैंकको साथ भयो भने मानिसलाई सुख–दुःखमा भरपर्दो साथपाइने कुरा यस भिडियो मार्फत् देखाइएको छ ।


नबिल बैंकको ३६ वर्षको यात्रामा नबिल बैंकले लाखौंको जीवनमा गहिरो प्रभाव पार्दै आएको छ र यो भिडियोले त्यही कुरालाई सरल ढंगमा चरितार्थ गरेको छ ।

प्रकाशित मिति:     १७ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar