नेप्से परिसूचक २७ सय तल झर्यो

नेप्से परिसूचक २७ सय तल झर्यो

काठमाडौं । सेयर बजारको परिसूचक नेप्से २७ सय अंकमुनि झरेको छ। सोमबार परिसूचक ७३ अंकले घटेर २६८५ अंकमा कायम भएको छ। आइतबार पनि बजार ६१ अंकले घटेको थियो।

परिसूचक मात्रै होइन, कारोबार रकम पनि घटेको छ। आइतबार ६ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ५ अर्ब १२ करोडमा सीमित भयो।

यस दिन सबै समूह राताम्मे भएका छन्। बैंकिङ ४४, ब्यापार ४१, होटल तथा पर्यटन ९०, विकास बैंक १९४, जलविद्युत ८०, फाइनान्स ११२, निर्जीवन बीमा ४३९, उत्पादन १०४, अन्य ४६, माइक्रोफाइनान्स १३२, जीवन बीमा ४३७ र लगानी समूह २ अंकले घटे।

प्रकाशित मिति:     ११ आश्विन २०७८, सोमबार  |    Himali Khabar