बुद्धभूमि हाइड्रोपावरको आइपीओ बिक्री खुला

बुद्धभूमि हाइड्रोपावरको आइपीओ बिक्री खुला

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले आजबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ निष्कासन गरेको हो ।

यसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता म्युचुअल फन्ड र २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ

त्यस अवधिमा सबै सेयर बिक्री नभएमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति:     ११ आश्विन २०७८, सोमबार  |    Himali Khabar